नेपालमा पहिलोपटक देखियो मानिसमा बर्डफ्लु, एक युवकको मृत्यु

नेपालमा पहिलोपटक देखियो मानिसमा बर्डफ्लु, एक युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा बर्ड फ्लुका कारण एक जनाको मृत्यु भएको छ । २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) मृत्यु भएको हो।नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो।

वैशाख १५ गते बर्ड फ्लुका कारण मृत्यु भए पनि पुष्टी भने १७ गते भएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पहिलो पटक यस रोगबाट नेपालीको मृत्यु भएको जानकारी दिएकी हुन् । उनका अनुसार मृत्यु हुने २१ वर्षीय युवक हुन् ।

यद्यपि, यस्ता घटनामा पीडितको पहिचान खुलाउने परम्परा नभएकाले घटनाका कहाँको हो भन्न मन्त्रालयले चाहेन । जनस्वास्थ्य कार्यालयमा चेक गर्दा बर्ड फ्लु भएको देखिएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले जापानको एक ल्यावमा परीक्षण गरी घटना पुष्टि भएको रिपोर्ट गत मंगलवार आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।