वीरगञ्जको मेयरमा गठबन्धनबाट सिंह र एमालेबाट सरावगीकाे उम्मेदवारी दर्ता

वीरगञ्जको मेयरमा गठबन्धनबाट सिंह र एमालेबाट सरावगीकाे उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले उम्मेदवारी दिएका हुन् ।

केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर उनी जनता समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका हुन् । यता, नेकपा एमालेबाट मेयरमा विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । उनले जनताले आफ्नो अमूल्य मत दिएर आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन् ।