काठमाण्डु – वीरगन्ज कारागारका कैदीहरू जेल फोडेर भाग्न खोजेपछि तिनीहरूको योजना नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले विफल पारेका छन्।
आन्दोलनको मौकाको फाइदा उठाउँदै कारागारका कैदी बन्दीहरूले मंगलबार रातिदेखि नै भाग्ने योजना बनाएपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले कारागार क्षेत्रलाई नियन्त्रणमा लिएर अश्रुग्यास र हवाई फायर गरेका छन्।
वीरगन्ज कारागारमा करिब १३ सयभन्दा बढी कैदी बन्दीहरू जेल जीवन बिताइरहेका छन्। देशका अधिकांश ठाउँको कारागारबाट कैदी बन्दीहरू भागेजस्तै वीरगन्ज कारागारका कैदीहरू भाग्न खोजेका कारण तनाव उत्पन्न भएको थियो।
विभिन्न मुद्दामा अभियुक्त ठहरिएर जेलमा कैदीहरू भाग्न खोजेपछि सेनासहितका सुरक्षाकर्मीले कारागारको सुरक्षा कडा बनाएपछि झडपको स्थिति बनेको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले बताए।




प्रतिक्रिया