विरगञ्ज – वीरगन्जमा बन्द कोठाभित्र आमाछोरी मृत भेटिएका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१२, मुर्ली नयाँ टोलस्थित एक घरको ताला लगाइएको कोठाभित्र २२ वर्षकी महिला र २ वर्षीया उनकी छोरीको शव भेटिएको हो ।
बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुर घर भई वीरगन्जको मुर्ली, नयाँ टोलस्थित घरमा कोठाभाडा लिएर बसेका पवन साहका श्रीमती र छोरी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
बाहिरबाट ताला लगाइएको कोठामा दुबै जनाको शव सडेको अवस्थामा फेला परेको छ भने पवन फरार रहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्रसिंह ठाकुरले जानकारी दिए ।
श्रीमान फरार रहेकाले उनैले श्रमती र छोरीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।




प्रतिक्रिया