वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइयो

वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वीरगञ्जमा लगाइएको कर्फ्यू हटेको छ । स्थानीय प्रशासनले परिस्थिति क्रमशः सुधार हुँदै गएको भन्दै कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको हो ।

आइतबार राति दुई पक्षबीच विवाद उत्पन्न हुँदा वीरगञ्जको श्रीपुर क्षेत्र तनावग्रस्त बनेको थियो । उक्त तनाव पछि स्थानीय प्रशासनले बिहान पौने १० बजेदेखि कर्फ्यू लगाएको थियो ।

सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले आदेश जारि गर्दै भनेका छन् ‘साँझ ४:३० बजेदेखि भोलि बिहान मिति २०८२/११/१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्ने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ ।’