पर्सा – वीरगञ्जमा कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –४ विर्ता बस्ने ८४ वर्षीय र भिश्वा बस्ने ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।
भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको हो ।
कोभिड संक्रमित भई साउन २७ गतेदेखि गण्डक अस्पतालमा उपचाररत ८४ वर्षिय पुरुषको उपचारको क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




प्रतिक्रिया