वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

गत साउन २४ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका पर्साको वीरगञ्ज महानगरपालिका स्थित मुर्लिका ६० वर्षीय पुरुषको शुक्रबार बेलुकी मृत्यु भएको हो । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित रहेको कोभिड अस्पतालले जनाएको छ ।

शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।