पर्सा – वीरगञ्जमा बुधबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार एक चिकित्सकसहित एक सैनिक, २ प्रहरी र २ जना कारागारका कर्मचारी, ६ कैदीबन्दीलगायत रहेका छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा मध्ये ५ जना बालबालिका र १० जना महिला रहेका छन् ।
पर्सामा कोरोना संक्रमितको संख्या बढेपछि व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ । जसमध्ये पाँच जना आईसीयुमा रहेका छन् ।




प्रतिक्रिया