पर्सा – वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतगणना अनुसार पाँच दलीय गठबन्धनबाट सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले प्रमुखमा अग्रता लिएका छन् ।
मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ भने उपप्रमुख पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले पाँच हजार ५४९ मत प्राप्त गरेका छन् ।
यहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)काबीच गठबन्धन गरिएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको छ ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म विभिन्न १५ वटा वडाको मतगणना सम्पन्न भएको छ ।




प्रतिक्रिया