वीरगन्ज भन्सारबाट सशस्त्र प्रहरीद्धारा दशकेजी चरेशसहित एक भारतीय प्रक्राउ

वीरगन्ज भन्सारबाट सशस्त्र प्रहरीद्धारा दशकेजी चरेशसहित एक भारतीय प्रक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – एक भारतीयलाई वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले जिउमा १० केजी चरेश बाँधेर भारततर्फ गइरहेको समयमा नियन्त्रणमा लिएको छ।

नियमित चेकजाँचमा खटेको राजश्व तथा भंसार गस्ती गुल्मको टोलीले वीरगन्ज भंसार कार्यालय अगाडिबाट जिउमा १० केजी चरेश बाँधेर भारततर्फ गइरहेको समयमा अभियुक्तलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने भारतीय नागरिक भारत उत्तर प्रदेश बेशोपुरो मथुरा स्थायी ठेगाना भएका वर्ष ४५ का गिर्राज रहेको राजश्व तथा भंसार गस्ती गुल्मका गुल्मपति तिलकबहादुर खड्काले बताए।

परिचय पत्रमा गिर्राज मात्र लेखिएका अभियुक्तको नेपालदेखि भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेको उनको भनाइ छ। पक्राउ परेका अभियुक्त गिर्राजलाई पक्राउ लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धानका लागि लागुऔषध चरेशसहित बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।