वीरगन्जका एक व्यापारीमा कोरोना पोजिटिभ

वीरगन्जका एक व्यापारीमा कोरोना पोजिटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वीरगन्ज महानगरपालिका १० मा एक जना व्यापारीमा कोरोना संक्रमण देदिएको छ ।  वीरगञ्ज महानगरपालिका – १०आदर्शनगर निवासी ६७ वर्षीय उद्योगी शिव कुमार रुंगटा कोरोना भाइरस पोजिटिभ रहेको पाइएको हो ।

विहारको राजधानी पटनामा रहेको पीएमसीएच अस्पतालमा उपचार गराइरहेका रुंगटालाई कोरोना भाइरस पोजिटिभ देखिएको हो । पारिवारिक स्रोतका अनुसार रुंगटा करिब ३ हप्ता अगाडि एक वैवाहिक कार्यक्रममा सरिक हुन कोलकाता पुगेका थिए । कोलकाताबाट दिल्ली र देहरादुन हुंदै वीरगन्ज आएका थिए ।

गत बिहीवार स्वास्थ्यमा समस्या देखिएपछि रुंगटालाई वीरगन्जकै एक नीजि अस्पतालमा लगिएको थियो । यहा उपचार हुन नसकेपछि बिहीबार सााझ एम्बुलेन्समा राखेर पटना लगिएको थियो ।