पेरिसडाँडामा जनयुद्ध दिवस मनाइयो, द्वन्द्वपीडितहरु उत्रिए सडकमा

पेरिसडाँडामा जनयुद्ध दिवस मनाइयो, द्वन्द्वपीडितहरु उत्रिए सडकमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि यसको विरोध भइरहेको छ ।

तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पवकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले  २८ औँ जनयुद्ध दिवस मनाएको छ ।  जनयुद्ध दिवसका अवसरमा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा आयाेजित कार्यक्रममा प्रचण्डले सहिद स्तम्भमा माल्यार्पण गरेका हुन्।

तर, यता द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन् । सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रिएका छन् । ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन् ।