काठमाण्डु- देशभरका कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका छन् । अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो। सोही विरोधमा नेपाल बार एसोसिएसनले आज देशैभरका अदालतहरूमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने जनाएको थियो।
जसअनुसार कानुन व्यवसायीहरुले बारको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् । प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो । तर, पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् ।




प्रतिक्रिया