रामेछाप – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी शर्मा ओलीको अहमताका कारण पार्टी विभाजन भएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी सुनापति गाउँपालिकाले आयोजना गरेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले केपी ओली आफ्नै घमण्डले सगरमाथाको शिरबाट नारायणी नदीको तिरमा पुगेको बताए ।
उनले भने ‘ झण्डै दुई तिहाइको बहुमत सहित बालुटार छिरेका केपी ओली आफ्नै मतिका कारण बालुटारबाट बालकोटको बारदली हुँदै अहिले नारायणीको बगरमा पुगेका छन् । अबको यात्रा पनि बगरकै हुनेछ । ’ कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न ओली सफल भएको बताउदै मन्त्री खतिवडाले एमालेलाई मण्डलेकरण गर्दै नागर्जुनमा लगेर बुझाउने निश्चित रहेको बताए ।
संसद विघटनको प्रसंगमा मन्त्री खतिवडाले भने– ‘केपी ओलीले पहिलो पटक संसद विघटन गरेरको गलत भएको भन्दै सर्वोच्चले संसद विघटलाई बदर गरेको ८० दिन पुग्न नपाउँदै दोस्रो पटक संसद विघटन गरे । त्यसपछि संसदका बहुमत सदस्य सहितको हस्ताक्षर लिएर हामी सरकार बनाउन सक्छौ, ओलीले गरेको संसद भंगलाई बदर गर भनेर राष्ट्रपतिकोमा गयौँ । तर, राष्ट्रपतिले हामीले वैधानिक ?पमा गरेको हस्ताक्षरलाई नक्कली भन्दै पन्छाइन् ।
त्यतिबेला उनले केपी ओलीको चाकडी गर्दै प्रधानमन्त्रीको कारिन्द बनिन् । त्यसपछि हामी फेरि सर्वोच्च गयौँ । सर्वोच्चले बहुमत सासंदले गरेको हस्ताक्षर सक्कली भएको र सरकार बनाउन मिल्ने भनेर आदेश जारी गरेर बनेको सरकारलाई परमादेशको सरकार भन्दै केपी ओली बौलाएर हिडेका छन् ।
यो सरकार १ सय ६५ जना सासंदको समर्थनमा बनेको हो । यसमा कुनै संका छैन् ।’ कोभिड नियन्त्रको लागि सिंगो सरकार लागेको र अहिले देशका सबै नागरिकलाई पुग्ने खोप जोहो गरिसकिएकाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन मन्त्री खतिवडाले आग्रह गरे ।




प्रतिक्रिया