काठमाण्डु – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।
सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले काठमाण्डुको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, अनेरास्ववियु जिल्ला कमिटी सचिब उज्ज्वल खड्का लगायत एक दर्जन बढी कार्यकर्ता घाइते भएका छन् ।
प्रहरीले लाठीचार्ज र केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्ला समेत दहन गरेका छन् । घाइतेहरुको काठमाण्डु मोडेल अस्पतालमा उपचार भइरहेको छ । नेपाल आयल निगमले सोमबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।




प्रतिक्रिया