प्रधानमन्त्रीमाथि नेता खतिवडाको व्यंग्य : ज्योतिषीलाई हात हेराएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ 

प्रधानमन्त्रीमाथि नेता खतिवडाको व्यंग्य : ज्योतिषीलाई हात हेराएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् संघीय सांसद विरोध खतिवडाले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खतिवडाले सत्ता साझेदार जनता समाजवादी पार्टीको पनि बैठक बसिरहेकाले अब एक दुई दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

त्यसैगरी उनले प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिषीलाई विश्वास गर्ने भएकाले हात हेराएपछि मन्त्रिपरिषद् विस्तार हुने बताए ।  ‘जसपाको बैठक आज बस्दैछ रे ! बैठक लम्बियो भने अर्को कुरा होला, नत्र अब केही दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ । हाम्रा प्रधानमन्त्री ज्योतिषीलाई पनि विश्वास गर्नुहुन्छ । ज्योतिषीलाई हात हेराउनुहुन्छ । त्यसले पनि एक दुई दिन तलमाथि हुन्छ,’ नेता खतिवडाले भने ।