बिर्तामोडमा एओजी राइड धुमधामका साथ सम्पन्न


काठमाण्डु – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस्ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ ।

तीस जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भए, नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा खुसीव्य क्तगर्दै टीभीएसको प्रशंसापनि गरे ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

राइडका एक सहभागी तथा भ्लगर, अनुपश्रेष्ठ भन्छन्ः “टीभीएसले पहिलापटक पूर्वी नेपालमा यस्तो राइडको आयोजना गरेको छ । जगदम्बा मोटर्स्लाई पूर्वी नेपालमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधिसिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं ।”

टीभीएसका प्रमुख मार्शल गौरवले सम्पूर्ण कार्यक्रमको अनुगमन गरेका थिएभने सञ्जेश बुढाथोकीले उक्त कार्यक्रमको नेतृत्व गरेका थिए । एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो ।

भारत तथाअन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेकोयस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनकालागि एक मात्र आधिकारिक वितरक हो।

प्रतिक्रिया दिनुहोस
Advertisement