आमाको नामबाट नागरिकताः बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था

आमाको नामबाट नागरिकताः बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले मङ्गलवार र बुधवार संसद्मा दर्ता गरेका दुइओटा विधेयक एक आपसमा बाझिएका छन् । संविधानको मौलिक हक कार्यन्वयन गर्न बनाइएको प्रजनन स्वास्थ्य विधेयक र संविधानको भाग २ मा रहेको नागरिकता सम्बन्धी व्यवस्था कार्यन्वयन गर्न ल्याइएको एन संशोधन विधेयक एक–अर्कासँग बाझिएका हुन ।

स्वास्थ्य मन्त्रालयले बुधवार संसदामा दर्ता गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्क्ष्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बुबाको पहिचान हुन नसके आमाको नाम राखेर स्वास्थ्य संस्थाले शिशु जन्मेको प्रमाणपत्र दिनु पर्ने प्रावधान राखिएको छ ।

तर मङ्गलवार गृह मन्त्रालयले संसद्मा दर्ता गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा भने बुबाको पहिचान हुन नसके आमा वा सन्तानले प्रस्ट्याई पेस गरेमा मात्रै नागरिकता प्रदान गर्ने प्रावधान राखिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।