ओली निकट मानिएका सचेतक भट्टराई केन्द्रीय कमिटीमा अटाएनन्, प्रदेश अध्यक्षको आश्वासन

ओली निकट मानिएका सचेतक भट्टराई केन्द्रीय कमिटीमा अटाएनन्, प्रदेश अध्यक्षको आश्वासन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचेतक विशाल भट्टराई केन्द्रीय कमिटीको सूचीमा अटाउन सकेनन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका भट्टराई केन्द्रीय कमिटीमा नपरेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

यता प्रमुख सचेतक भट्टराईले पनि आफू केन्द्रीय कमिटीमा पर्ने आशा राखेको बताएका छन् । तर, उनले आफू केन्द्रीय कमिटीमा नपरेकोमा कुनै आश्चर्य नलागेको बताए । उनले सर्वसम्मतिका साथ महाधिवेशन सम्पन्न गर्न नदिन निर्वाचनको खेलमा लागिएको बताए ।

‘केन्द्रीय सदस्य दोहोरिन्छु होला भन्ने अनुमान गरिरहेको बेला मेरो नाम आएन । तर, पनि आश्चर्य लागेको छैन् । यसलाई सामान्य ढंगले लिएको छु,’ भट्टराईले काठमाण्डुपाटीसँग कुरा गर्दै भने, ‘हाल खोटाङको जनप्रतिनिधि छु, पार्टीको काम अनवरत रुपमा गर्छु ।’

प्रदेश अध्यक्षको आश्वासन

केन्द्रीय कमिटीमा नाम नआएपछि असन्तुष्ट बनेका भट्टराईलाई एमाले प्रदेश नम्बर १ को अध्यक्ष बनाउने अध्यक्ष ओलीले आश्वासन दिएका छन् । अध्यक्ष ओलीले भट्टराईसहितका केही नेताहरु केन्द्रीय कमिटीमा नपरेपछि प्रदेश अध्यक्ष बनाउने आश्वासन दिएको स्रोतले जानकारी दियो ।

‘केन्द्रीय कमिटीमा नअटाएका केही नेताहरुलाई प्रदेश अध्यक्ष बनाउने आश्वासन छ । यसमा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ,’ महाधिवेशनस्थलमा रहेका एक नेताले भने ।

अध्यक्ष ओलीले ३०१ केन्द्रीय कमिटीमध्ये पुरुष २०० र महिला १०१ जनाको नामावली पेश गरेका थिए ।