नेबिको बिस्कुट कारखानामा लागेको आगो ९ घण्टापछी नियन्त्रणमा

नेबिको बिस्कुट कारखानामा लागेको आगो ९ घण्टापछी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो झण्डै ९ घण्टापछी नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा राति २ बजेदेखि लागेको आगो दमकल, पानी ट्याङ्कर र हेलिकप्टरको समेत प्रयोग गरी नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

आगलागीको कारण भने खूल्न नसकेको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलनको काम भईरहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।