काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार बिहान आएको रिापेर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको प्रवक्ता शर्माले जानकारी दिए । उनी अहिले घरमै बसिरहेका छन् ।
स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता शर्माले जानकारी दिए । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क हुन पनि आग्रह गरेका छन् ।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
सबैलाई विनम्र आग्रह छ – सजग बनौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2021




प्रतिक्रिया