कोरोना कोषमा विशाल ग्रुपले एक करोड सहयोग गर्ने

कोरोना कोषमा विशाल ग्रुपले एक करोड सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

भीजी फाउन्डेसनले अब एन–५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको जनाएको छ ।

‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरुप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।

भीजी फाउन्डेसनले भनेको छ, ‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मानले सम्मान गर्न चाहान्छ । हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’

फाउन्डेसनले कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले चालेका कदमहरुको समर्थन गर्ने बताउँदै सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन सबैको सुरक्षाको लागि भएको र हामी सबै मिलेर यसको पालना गर्न आग्रह गरेको छ ।

यो विषम परिस्थितिमा भीजी फाउन्डेसनले आफ्नो स्रोत र शिपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध रहको बताएको छ ।