काठमाण्डु – नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धिदर ऋणात्मकतामा जाने खतरा देखिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८०-८१ को विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै आर्थिक वृद्धिदर ऋणात्मकतामा जाने खतरा देखिएको बताएका हन् ।
उनले बजेटको सिद्धान्त र प्राथमिकता मुलुकको अर्थतन्त्रको वास्तविकतामा आधारित हुनुपर्ने बताए । ‘विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा अर्थतन्त्रका चुनौतीप्रति सरकार बेखबर रहेको पाएँ,’ सांसद पौडेलले भने, ‘चुनौती कहाँ छ, समस्या कहाँ छ भन्ने विषयमा सरकार बेखबर छ।’
यस्तै, सरकारकै मातहतको निकायले अर्थतन्त्र मन्दीको अवस्थामा रहेको तथ्य सार्वजनिक गरे पनि सरकारले त्यसलाई बेवास्था गरेको सांसद पौडेलले आरोप लगाएका छन्।




प्रतिक्रिया