अस्पतालले बन्द गर्‍यो घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाट

अस्पतालले बन्द गर्‍यो घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

अस्पतालका निदेशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले विज्ञप्ति जारी गर्दै उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका हुन् ।

सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । यद्यपि घाउको अवस्थाबारे आज ड्रेसिङ भएपछि मात्रै जानकारी गराइने अस्पतालले जनाएको छ ।

यस्तै, अस्पतालले संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ ।

शनिबार पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन स्पार्क मेसिनबाट निस्किएका झिल्काहरुले छुदा बेलुन ब्लास्ट भएको थियो । मन्त्री पौडेल र मेयर आचार्यका हातमा रहेका बेलुन पड्किदा आगोको झिल्काले उनीहरुको हात र अनुहार जलेको थियो ।