काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका हुन् ।
शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेका थिए । तर, उनले बैठक नबोलाउने अडान लिएका थिए । प्रधानमन्त्रीको व्यवहारबाट रुष्ट बनेका प्रचण्डलाई फकाउन प्रधानमन्त्रीले महासचिवलाई पठाएको स्रोतको दाबी छ ।
सचिवालय सदस्यहरुबाटै दबाबमा परेका प्रधानमन्त्री ओलीले आइतबार ववरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएर मिलेर अघि बढ्न आग्रह गरेका थिए ।




प्रतिक्रिया