महोत्तरी – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले विगतमा निरंकुशताविरोधी आन्दोलनको नेतृत्व गरेको नेकपा अब विकास र समृद्धिको च्याम्पिएन बन्ने बताएका छन् ।
नेकपाले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्टिय आकाक्षा पूरा गरेरै छाड्ने उनले दावी गरे ।
महोत्तरीको पिपरामा बुधवार नेकपाले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पौडेलले नेकपा अब विकास, निर्माण सामाजिक न्याय र समृद्धिको च्याम्पियन बन्ने बताएका हुन् ।
‘नेकपा हिजो निरंकुशव्यबस्था विरोधी आन्दोलनको नायक थियो, संविधान सभा र गणतन्त्रको आन्दोलनको च्याम्पियन थियो’ पौडेलले भने, ‘अब विकास, निर्माण र सामाजिक न्यायको च्याम्पियन बन्छ । विकास र समृद्धिलाई नयाँ उचाइमा पुर्याउन नेकपा आँगनमा विकास लिएर आउछ, विकास र समृद्धि र सुखी जीवनको अभियान लिएर आउँछ ।’
पौडेलले प्रदेश नम्बर २ मा सरकारको नेतृत्व गरेको दलले विकास र समृद्धिको अगुवाइ गर्न सक्दैन भन्ने कुरा छोटो अवधीमा स्पष्ट भइसकेको बताए ।
‘प्रदेश नम्बर २ को सबभन्दा ठूलो दल भएपनि नेकपाले सरकारको नेतृत्व गर्न पाएको छैन । अहिले सरकार फेरबदलको कुरा त छैन, तर २ नम्बर प्रदेशको विकास र समृद्धिको पनि जिम्मा नेकपाले लिन चाहन्छ’, पौडेलले भने ।
पौडेलले मंसिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाको अध्यक्षमा नेकपा उम्मेदवार विजयी भए देशकै नमुना गाउँपालिका बनाउने प्रतिबद्धता जनाए ।
‘यहाँका विकासका चाहनालाई आपसमा छलफल गरेर सुत्रबद्ध गर्नुहोस, यहाँका समस्या के छन् ? यो गाउँपालिकाको विकासको प्राथमिताक के हुन् ?’ पौडेलले भने, ‘म थोकमा भन्न चाहान्छु– ’विकासका सम्पूर्ण चाहनालाई चाहना गर्नेछ । देशकै नमुना गाउ बनाउने जिम्मा नेकपाले लिन्छ ।’
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइ पनि सहभागि भएका थिए ।




प्रतिक्रिया