तिलोत्तमाका मेयर र उपमेयरले छोडे प्रचण्ड–नेपालको साथ, अ‍ोली समूहमा लागे

तिलोत्तमाका मेयर र उपमेयरले छोडे प्रचण्ड–नेपालको साथ, अ‍ोली समूहमा लागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर केपी शर्मा अ‍ोली नेतृत्वको नेकपामा लागेका छन् । महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आफुहरु साथमै रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रचण्ड – नेपाल समूहमा रहेका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरी अ‍ोली समूहमा प्रवेश गरेका हुन् ।

शनिबार बुटवलमा भएको ओली समूहको विशाल जनसभालाई सम्बोधन गर्न पुगेका मन्त्री पौडेलले मेयर र उपमेयर अ‍ोली समूहमा प्रवेश गरेको जानकारी दिए । उनीहरु mकेही समयदेखि ओली समूहको कार्यक्रममा सक्रिय हुँदै आएका थिए ।