माधव नेपाल भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

माधव नेपाल भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु पौडेल वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वर पुगेका छन् । पार्टीको विवाद उत्कर्षमा पुगेका बेला नेता पौडेल नेपाल भेट्न कोटेश्वर पुगेका हुन् ।

पार्टीलाई एकताबद्ध बनाउन भएका पटकपटकका प्रयासहरु असफल बन्दै गएपछि नेताहरुको सक्रियता बढ्न थालेको छ । एमालेका दोस्रो तहका नेताहरु अध्यक्ष केपी शर्मा ओली र नेता नेपालसँग भेट गराउन पहल गरिरहेका छन् ।

अध्यक्ष अ‍ोलीले शनिबारसम्म नेपाल पक्षसँग वारपार गर्न महासचिव ईश्वर पोखरेल, नेताहरु सुवास नेम्वाङलगायतका नेताहरुलाई निर्देशन दिइसकेका छन् । बुधबार पार्टी कार्यालय पुगेका अध्यक्ष ओलीले पार्टीको विवादलाई मिलाएर स्थायी कमिटी बैठक बोलाउने तयारी गर्न निर्देशन दिएका थिए ।