काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष एवं एमाले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार बिष्णु पौडेलले रूपन्देहीलाई भौतिक एवं मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउने योजनाका साथ चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
आइतबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच पौडेलले आफूले गरेका काम र भावी योजना समेट्दै चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । सुशासन, विकास र समृद्धिको लक्ष्यप्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाइने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचार मुक्त बनाइने प्रतिवद्धतापत्रमा उल्लेख छ सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दाे बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने पौडेलले बताए ।
विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्व दिईने तथा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवं सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक कानुनी, संस्थागत एवं प्रक्रियागत व्यवस्था मिलाइने उनले बताए ।




प्रतिक्रिया