यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन : विष्णु पौडेल

यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन : विष्णु पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ । यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने उनकाे दाबी छ ।

उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे ।

 यद्यपि ‌प्रचण्डले धोका दिएकाे भन्दै उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको उनले बताएका छन् ।