पूर्वअर्थमन्त्री विष्णु पौडेलको टिप्पणी- बजेटमा नाराको भिड मात्रै छ

पूर्वअर्थमन्त्री विष्णु पौडेलको टिप्पणी- बजेटमा नाराको भिड मात्रै छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट नारामा मात्र सीमित रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा भाग लिँदै उनले बजेटमा नयाँपन नभएको बताएका हुन् ।

‘बजेटमा नयाँपन छैन । वितगको निरन्तरता छ । थप केही छ भने नाराको भिड छ । कार्यान्वयन गर्न विनियोजन छैन ।’, पौडेलले भने । बजेटमा सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रमबीच सङ्गति नरहेको बताए ।

‘सिद्धान्त प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट एक अर्कासँग अन्तरसम्बन्धित हुनुपर्ने हो । तर, नीति एकातिर, सिद्धान्त अर्कोतिर, बजेट अर्कैतिर फर्केर आएको छ,’ उनले भने । त्यस्तै पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराएका छन् । यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको उनको भनाइ छ ।