चितवन– एमालले पार्टी सचिवालय र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
अध्यक्ष केपी ओलीले गुण्डुस्थित निवासमा साँझ ६ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।
त्यसअघि संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी मुख्यालय च्यासलमा सांसदहरुको बैठक बोलाएका छन् ।
बैठक उपाध्यक्ष विष्णु पौडेलको पक्राउ प्रकरणमा केन्द्रित हुने एक नेताले जानकारी दिए ।
पार्टी कामको सिलसिलामा सुर्तेख पुगेका बेला पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण विभागको टोलीले पक्राउ गरेको थियो ।
एमाले नेताहरुले पौडेलको प्रकरणलाई प्रतिशोधपूर्ण भनेका छन् ।
अध्यक्ष ओलीले सोमबार विज्ञप्ति जारी गर्दै सरकार र सरकारको नेतृतकर्ता दल रास्वपाले आफू र एमाले सिध्याउने योजनाअन्तर्गत प्रतिशोधपूर्ण व्यवहार गरेको आरो लगाएका थिए ।




प्रतिक्रिया