रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलबिरुद्ध नेपाली काँग्रेसले बुटवलमा पर्चा बाँडेको छ । बुटवलमा अन्तर्रा्ष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गर्न आएका पौडेल विरुद्ध कार्यक्रम स्थलमै पर्चा बाँडिएको हो । वालुवाटारको जग्गा प्रकरणमा मुछिएका पौडेल पर्चामा लेखिएको छ ।
नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेको नेतृत्वमा कार्यक्रम स्थल र गेट बाहिर करिव ३ सय पर्चा बाडिका थिए । पर्चामा मौका आउँछ पर्खदैन, वालुवाटार अब फर्कदैन कस्तालाई भोट हालिएछ, म पनि भ्रष्टचार गर्दिन, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने लेखिएको छ ।
सभापति पाण्डेले प्रदर्शनी स्थल बनाउने बिषयमा आफूहरुको विरोध नभई वालुवाटारको जग्गा प्रकरणमा मुछिएका नेतालाई ल्याएर शिलान्यास गराएको विरोध रहेको बताए । नेकपाका कार्यकर्ता र पर्चा फालेका नेपाली कांग्रेसका कार्यर्ताबीच केहि बेर धकेलाधेल भएको थियो ।




प्रतिक्रिया