काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले नेकपाभित्र देखापरेको अन्तरविरोधले नेकपाको एकता र सरकारको भविष्यमाथि कुनै असर नपर्ने बताएका छन् ।
बुटवलमा विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै नेकपाका महासचिव समेत रहेका पौडेलले नेकपा एकतामा भाँजो हालेर ठूलो भाग खाऊँला भनेर सपना देख्नेहरूलाई सपना नदेख्न आग्रह गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारले पाँच वर्ष समय अवधीको पूर्ण कार्यकाल पूरा गर्ने दाबी गर्दै उनले नेकपाभित्र सुँड घुसाएर विग्रह ल्याउने प्रयास असफल हुने बताए ।
‘नेकपाभित्र सुँड घुसाएर विग्रह ल्याउने र नेकपा र नेकपाको सरकारलाई कमजोर बनाउन खोज्ने प्रयास सबै असफल हुनेछन्’, उनले भने, ‘नेकपाको एकता पनि भाँडिदैन र केपी ओली नेतृत्वको अहिलेको सरकारले ५ वर्षे कार्यकाल पनि पूरा गर्छ ।’




प्रतिक्रिया