रुपन्देही -२ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी


वुटवल – रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

निर्वाचन आयोगले शुक्रवार राति सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।

पौडेलले २७ हजार १७४ ल्याए भने उनका प्रतिद्धन्द्धी गणेशले २५ हजार ७८१ मत ल्याए । पौडेल ०७४ को निर्वाचनमा समेत यसै क्षेत्रबाट विजयी भएका थिए ।

सत्तारुढ गठबन्धनको सहयोग पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २२ हजार ८ मत ल्याएर तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस
Advertisement