विष्णुलाई शंकरको प्रस्तावः अहिले मलाई सहयोग गर्नूस्, ११ औं महाधिवेशनमा अध्यक्ष बनाउन सघाउंछु

विष्णुलाई शंकरको प्रस्तावः अहिले मलाई सहयोग गर्नूस्, ११ औं महाधिवेशनमा अध्यक्ष बनाउन सघाउंछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको महासचिवमा अध्यक्ष केपी शर्मा ओलीनिकट दुई नेता बिष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेपछि सहमति जुटाउन कठिन हुने सम्भावना बढेर गएकाे छ ।

एमालेले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या थपे पनि दसौं महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषय अध्यक्ष ओलीको लागी पेचिलो बन्ने देखिएको  हाे ।

सहमति जुटाउन दुवै नेताहरुबीच छलफल भइरहेको स्राेतले जानकारी दियाे । छलफलमा शंकर पोखरेलले नेता पौडेललाई यो पटक आफुलाई महासचिवमा सहयोग गर्न प्रस्ताव गरेका छन् ।

पोखरेलको भनाई उल्लेख गर्दै स्रोतले भन्यो, ‘अहिले महासचिव बन्न सहयोग गर्नुहोस् पछि ११ औं महाधिवेशनमा अध्यक्ष बनाउन सघाउंछु ।’

पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या थपे पनि नेकपा (एमाले)लाई दसौं महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषय पेचिलो बन्ने देखिएको छ ।