काठमाण्डु – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको स्पष्ट पारेका छन् ।
आईतबार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको बताए ।
गलत प्रचार गर्नेहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने उनले बताए ।
प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको बताउँदै उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६, २०१८ र २०२४ मा गरेको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको बताए ।
भ्रमणबाट नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै उनले त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने बताए ।




प्रतिक्रिया