काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा लगाएको आरोपलाई फत्तुरको संज्ञा दिएका छन् ।
संसद्मा बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका थिए ।
संसद्मा बोल्दै अर्थमन्त्री पौडेलले प्रमाणै पेश नगरी संसद्मा आरोप लगाउने गरेको र जग्गा माफिया भनेकोप्रति आपत्ति जनाउँदै प्रचण्डलाई भने, ‘आफू प्रधानमन्त्री हुँदा जे–जे गरेको हो, त्यही अनुभवमा भनेको हो ?’
उनले भने, ‘उहाँले जनतातिर फर्किएको बताउनुभयो तर हैन, उहाँ सत्तातिरै फर्किनुभएको छ तर सत्ता कोशौ टाढा पुगेको छ । अब त्यो आसन पाउन सम्भव छैन ।’
उनले प्रचण्डले अनुचित र फत्तुर आरोप लगाएको दाबी गरे । उनले भने, ‘आरोप कि पुष्टि गर्नू कि रोस्टममा उभिएर माफी माग्नू । आरोप पुष्टि गर्न सक्नुहुन्न ।’




प्रतिक्रिया