काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको सिलसिलामा गत ८ गते विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको थियो । पौडैललाई ७ दिन थुनामा राख्न पहिलोपटक अदालतले अनुमति दिएको थियो ।




प्रतिक्रिया