बिष्णु रिजालले पनि छोडे माधव नेपालको साथ,बालुवाटार बैठकमा सहभागी


काठमाण्डु– नेकपा एमालेका युवा नेता विष्णु रिजालले एमाले नेता माधव नेपालको साथ छोडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आएका नेता रिजाल पछिल्लो समय एमाले एकतावद्ध हुनुपर्नेमा जोड दिंदै आएका छन् । उनि माधव नेपाल प्रधानमन्त्री हुंदा उनको प्रेस सल्लाहकार थिए । नेता रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीले डाकेको केन्द्रिय समिति बैठकमा सहभागी हुन सोमबार बालुवाटार पुगेका हुन्।

नेकपामा हुंदा रिजाल नेता नेपालकै जोडबलमा विदेश विभागको उप-प्रमुख बनाइएका थिए । अर्थमन्त्री विष्णु पौडेलसंग निकट सम्बन्ध रहेका नेता रिजाललाई नेपालको किचेन क्याबिनेटको सदस्यका रुपमा लिईन्थ्यो । उनि नेकपा हुंदा कार्यकारी अध्यक्ष प्रचण्डसंग पनि निकट थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले त्यसको चर्को विरोध गर्दै आएका थिए ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो। त्यसपछि उनि नेपालसंगै थिए । तर, पछिल्लो समय भने उनले प्रधानमन्त्रीको समर्थनमा सार्वजनिक रुपमा बोल्दै आएका थिए । धेरैले त्यतिबेला नै उनले नेपालको साथ छोडेको अर्थमा बुझेका थिए । प्रधानमन्त्री ओलीले बोलाएको आजको बैठकमा रिजाल सहभागी भएपछि उनले कित्ता परिवर्तन गरेको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement