बालुवाटार बैठकमा सहभागी भएका विष्णु रिजाललाई कोरोना संक्रमण

बालुवाटार बैठकमा सहभागी भएका विष्णु रिजाललाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आफूलाई कोरोना संक्रमण पुष्टि भएको नेता रिजालले जानकारी दिएका छन् । उनले अहिले आफू घरमै आराम गरिरहेको बताएका छन् ।

‘आज गरेको स्वाव परीक्षणबाट ममा कोभिड–१९ पोजेटिभ देखिएको छ । सामान्य लक्षणसहित घरमै बसेको छु । यसबीचमा मेरो सम्पर्कमा आउनुभएका महानुभावहरूलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछु’, नेता रिजालले भनेका छन् ।

उनी गत आइतबार एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली पनि सहभागी थिए ।