सीसीटीभी फुटेज डिलिट गरेर उन्मुक्ति पाईदैन : विष्णु रिजाल

सीसीटीभी फुटेज डिलिट गरेर उन्मुक्ति पाईदैन : विष्णु रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रिजालले अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज डिलिट भयो भन्दैमा उन्मुक्ति पाउन नहुने भन्दै तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

उनले युद्ध सकिएपछि हतियार ‘खोलाले बगायो’ भनेर उन्मुक्ति पाएजस्तै व्यापारीका प्रतिनिधि राखेर करका दर निर्धारण गरेको घटनामा उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।

‘युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर उन्मुक्ति पाए जस्तै अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर करका दर निर्धारण गरेको घटनामा उन्मुक्ति मिल्दैन’, उनले ट्वीटरमा लेखेका छन्, ‘राज्यमाथि नागरिकको विश्वास कायम राख्न र सपथग्रहणको मर्यादा जोगाउन पनि यिनलाई तुरुन्त बर्खास्त गरियोस् ।’