एकताको पक्षमा विष्णु रिजालले ओली र प्रचण्डलाई दिए यस्तो सुझाव

एकताको पक्षमा विष्णु रिजालले ओली र प्रचण्डलाई दिए यस्तो सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता विष्णु रिजालले एकताको पक्षमा पुर्नविचार गर्न नेताहरुलाई आग्रह गरेका छन् । नेता रिजालले पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकताको पक्षमा पुर्नविचार गर्न आग्रह गरेका हुन् ।

बुधबार ट्वीटरमार्फत नेता रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेताहरुले एकपटक ठण्डा दिमागले सोच्नुपर्ने बताएका छन् । उनले एकताका लागि सबैले एकपटक योगदान गर्ने बेला आएको बताए ।

‘कालो वादलमा पनि चाँदीको घेरा हुन्छ । सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेताहरूलाई फेरि एकपटक ठण्डा दिमागले सोच्ने मौका दिएको छ । धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बाँकी नै भएकाले एकताका लागि आ–आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने वेला आएको छ’, उनले भनेका छन् ।

नेता रिजालले आवेग, उत्तेजना र अहम् क्षणिक भएको भन्दै पछिल्ला घटनाबाट पाठ सिक्दै सबै नेताहरुले आ–आफ्ना सीमा र सवलता बुझ्न सक्दा नेकपा एकीकृत रूपमा अघि बढ्न सक्ने सुझाव दिएका छन् ।

‘आवेग, उत्तेजना र अहम् क्षणिक हुन् भने देश, पार्टी र युवा पुस्ताको भविष्य दीर्घकालीन हो । त्यसैले पछिल्ला घटनाबाट पाठ सिक्दै सबै नेताहरुले आ–आफ्ना सीमा र सवलता बुझ्न सक्दा नेकपा एकीकृत रूपमा अघि बढ्न सक्छ’, नेता रिजालले भनेका छन्, ‘हारेको सिपाहीले सजगतापूर्वक लड्छ भनेझैं एकता विथोलिएको देखे–भोगेका नेता–कार्यकर्ताले आगामी दिनमा सजगतापूर्वक एकता बचाउन सक्छन् ।’