एमालेमा फर्किएको भोलिपल्टै विष्णु रिजालले भनेः एकता सम्भव छ

एमालेमा फर्किएको भोलिपल्टै विष्णु रिजालले भनेः एकता सम्भव छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधव नेपाल समूहका नेता विष्णु रिजालले फेरि पनि कम्युनिष्ट एकताको संभावना रहेको बताएका छन् ।

सर्वाेच्च अदालतले सत्तारूढ नेकपा खारेज गरिदिएपछि पुरानै पार्टी एमालेमा फर्किएको भोलिप्टै नेता रिजालले समाजिक सञ्जालमार्फत तीन काम गर्न सके कम्युनिष्टहरु एक हुन सक्ने संभावना अझै रहेको बताएका हुन् ।

सोमबार नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बसेर अदालतको फैसलाअनुसार एकीकरण अघिकै आआफ्ना दलमा फर्किने निर्णय गरेको थियो ।

‘कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ, पारदर्शी र टिकाउ एकताका लागि नयाँ सम्भावना र आधारहरूको खोजी निरन्तर गरिरहनुपर्छ र कुनै न कुनै बिन्दुमा एकता सम्भव छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यस्ता छन् नेता रिजालले औंल्याएका तीन कामः

१. विगतमा निष्क्रिय रहेका पार्टी संरचनाहरूको पुनर्स्थापना र सञ्चालन

२. गत निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम सरकारको निरन्तरता

३. वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जाने गरी वातावरण निर्माण ।