एमाले नेतालाई विष्णु रिजालको चेतावनीः माओवादीबिनाको आफ्नो हैसियत याद गर्नुस्

एमाले नेतालाई विष्णु रिजालको चेतावनीः माओवादीबिनाको आफ्नो हैसियत याद गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले माओवादीसँग एकताकै कारण लाभ लिएका तत्कालीन एमालेका नेताहरू नै तत्कालीन माओवादीको विरोधमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपाका अन्तर्राष्ट्रिय विभाग उपप्रमुखसमेत रहेका रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत तत्कालीन एमाले नेतालाई माओवादीबिनाको आफ्नो हैसियत याद गर्न चेतावनी दिएका हुन् ।

‘माओवादीसँग एकता भएकै कारण एमालेका जो–जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहाँहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन,’ रिजालले लेखेका लेखेका छन्, ‘०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा ककसले हारेरजिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ ।’

उनले एमाले र माओवादीका नेताहरुलाई मिल्न समेत आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मिलौं चुनाव आउन दुई वर्ष पनि बाँकी छैन ।’