काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशको बिग्रँदो अर्थतन्त्रबारे चिन्ता व्यक्त गर्दै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन् ।
केहिदिनअघि अर्थमन्त्री शर्माले ‘तकियामुनिको पैसा खोज्दैछु’ भनेकोप्रति कटाक्ष गर्दै उमहासचिव रिमालले ‘तकियामुनिको पैसा भेट्नुभयो ?’ भनी प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘गभर्नर निलम्बन गर्नुअघि अर्थमन्त्रीको भनाइ पढेको थिएँ– तकियामुनिको पैसा खोज्दैछु । खोजी कहाँ पुग्यो ? पैसा कता छ ? सिरानमुनि वा काखीमुनि ? जवाफ दिनु पर्दैन ?
उपमहासचिव रिमालले हुण्डी कारोबारीका कारण देशको अर्थतन्त्र चौपट भएको नि बताएका छन् । ‘आयात बढ्नु, विप्रेषण घट्नु, बजारबाट नेपाली रुपैयाँ गायव हुनु । यसको कनेक्सन के हो ?’ भनी प्रश्न गर्दै उनले भनेका छन् ‘हुण्डी कारोबारीले डलर उतै खरीद गरी वस्तु आयात गर्नु, डलर बराबरको नेपाली रुपैयाँ यतै कतै जम्मा गर्नु, डलर बेच्नेले नेपाली स्रोत खुलाउनु पर्ने डरले बैंकमा जम्मा नगर्नुको कारण के हो ?।’
नेकपा एमालेले अर्थमन्त्रीको अक्षमता र वर्तमान सरकारको गलत नीतिका कारण देशको अर्थतन्त्र धराशायी भएको निष्कर्ष निकालेको छ । एमालेका तीन पूर्वअर्थमन्त्रीहरुले वर्तमान सरकारका गतिविधिहरुमा हस्तक्षेप नगरे नेपाल पनि श्रीलंका बन्ने चेतावनी दिएका छन् ।




प्रतिक्रिया