एमाले उपमहासचिव रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बन्ने

एमाले उपमहासचिव रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने भएका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीसँग रिमाल लामो समयदेखि सामिप्यमा रहेर काम गरिरहेका नेता हुन् ।

यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारको रूपमा काम गरेका रिमाललाई अहिले पनि प्रमुख राजनीतिक सल्लाहकार बनाउने तयारी गरेको निकटस्थ स्रोतले जानकारी दियो ।

ओलीले आफ्नो सचिवालयमा अधिकांश पुरानै समूहलाई ल्याउने तयारी गरेको बताइए पनि क–कसलाई के–के जिम्मेवारी दिँदैछन् भन्ने खुलेको छैन ।

अहिले विदेश मामिला सल्लाहकार भने परिवर्तन गर्ने तयारी ओलीका रहेको स्रोतले बतायो । ओली यसअघि प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त भएका थिए । अहिले उनलाई नियुक्त गर्ने सम्भावना न्युन रहेको स्रोत बताउँछ ।

अघिल्लो पटक प्रेस सल्लाहकार रहेका सूर्य थापा प्रतिनिधि सभा सदस्य रहेकाले त्यहाँ पनि नयाँ अनुहारले प्रवेश पाउने निश्चित छ ।