विष्णु रिमालको प्रश्नः केपी लेभलको मान्छेले पार्टी छोडेर जान झुम्राको सहारा लिनुपर्छ ?

विष्णु रिमालको प्रश्नः केपी लेभलको मान्छेले पार्टी छोडेर जान झुम्राको सहारा लिनुपर्छ ?

'साथीहरुले ओलीलाई अर्को पटक पनी पार्टी अध्यक्ष बन्न बाध्य पार्दैछन्'

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु ओलीलाई नै पुनः प्रधानमन्त्री बन्न बाध्य पारेको बताएका छन् ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै रिमालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतले प्रधानमन्त्री ओलीलाई  पुनः पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न माध्य पारेको दाबी गरेका हुन् ।

‘हाम्रै साथीहरुले ओलीलाई अर्को पटक पनी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न बाध्य पार्दैछन्’, उनले भने ।

त्यस्तै उनले नेकपा फुट्ने अवस्था नरहेको बताएका छन् । स्थायी समिति सदस्यसमेत रहेका नेता रिमालले महाधिवेशन अगाडि प्रधानमन्त्रीले पार्टी अध्यक्षबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

‘चैतमा महाधिवेशन हुँदा केपी कमरेडले अध्यक्ष पद छोड्छु नै भनिरहनु भएको छ । महाधिवेशनबाट अध्यक्ष छोड्छु अर्को चुनावबाट प्रधानमन्त्री छोड्छु भन्नु भएको छ’, उनले भने, ‘उहाँलाई कसैले बाध्य पारेर भने मात्रै हो । नत्र उहाँले छोड्नुहुन्छ ।’

नेता रिमालले प्रधानमन्त्री ओलीले नेकपामा बस्न मन नलागे झुम्रोको सहारा लिएर बस्नु नपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले एमाले ब्यूँताउन खोजियो भन्ने आरोप लगत भएको बताएका छन् ।

‘प्रचण्ड कमरेडको लेभलको मान्छे केपी लेभलको मान्छेले अहिलेको पार्टीमा आफ्नो मन खुलेन यसमा मैले मेरो भविष्य देखिनँ । पार्टी छोडेर जानलाई यहाँ मेरो भावना र सैद्धान्तिक पक्ष कुनै पनि मिलेन भन्नलाई कुनै झुम्राको सहारा लिइरहनुपर्छ ?’, उनले भने, ‘नम्बर वान नेताले पार्टी छोड्नुपर्यो अथवा नयाँ पार्टी बनाउनुपर्यो भने कुनै झुम्रो लिइरहनुपर्छ ? कुनै लौरोको सहारा लिइरहनुपर्छ ।’