काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतले जनादेशलाई भन्दा परमादेशलाई ठूलो बनाईदिएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि रिमालले आजको दिनलाई विसंगत दिन भएको प्रतिक्रिया दिएका हुन् । ‘आज असार २८ गते—जनादेश हैन, परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
सर्वोच्चले देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश जारी गरेको थियो । सोही अनुसार देउवाले भोलि नै ५ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अदालतको फैसलालाई स्वीकार गर्ने भन्दै भोलि नै बालुवाटार छाड्ने तयारी गरेका छन् ।




प्रतिक्रिया