कोड्कु र विष्णुमती नदीले सतर्कता तह नाघ्याे, २ बजेसम्म उच्च सतर्क रहन आग्रह

कोड्कु र विष्णुमती नदीले सतर्कता तह नाघ्याे, २ बजेसम्म उच्च सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ललितपुरस्थित कोड्कु खोलाले जल सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार कोड्कुले झरुवारासी जलमापन केन्द्रमा सतर्कता तह पार गरेको हो।

कोड्कुको जल सतह बढ्दो क्रममा रहेकाले नदी तटिय क्षेत्रमा बाढीको जोखिममा छन्। कोड्कुको तटीय क्षेत्रमा दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै काठमाडौंको विष्णुमती नदीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ। विष्णुमती नदीको जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दक्षिणी ललितपुरमा पछिल्लो एक घन्टामा २९.८ मिलिमिटर वर्षा भएको छ। भक्तपुरको ताथलीमा १२.४, नैकापमा ९.२ मिलिमिटर वर्षा मापन भएको छ।